प्रहर खबर
 २०८० आश्विन १४, आईतबार    

हेटौंडामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो

२०८० जेठ १९, शुक्रबार ०८:५९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उमपहानगरपालिका वडा नं.६ चुचेखोलामा ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ

बिहिबार साँझ चुन्चेखोलाको भित्री बाटोबाट कान्तीलोकपथमा निस्कदै गरेको ना.४त ६९३९ नम्बरको ट्क्याक्टरमा चौघडा तर्फबाट चुचेखोलातर्फ जाँदै गरेको ना.२०प ५४७९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनमा मोटरसाइकल चालक चालक स्थानीय २७ वर्षीय रञ्जित फुयाँल गम्भीर घाइते भएका छन् । उनको टाउको र बाया खुट्टामा गम्भिर चोट लागेको छ । उनको हेटौडा अस्पतालमा सामान्य उपचारपछि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।