हेटौंडा – जुवा खालबाट मकवानपुरका एक युवा सहित ६ जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले ललितपुर गोदावरी नगरपालिका वडा नं. १३ झरूवारासीस्थित विष्णु प्रसाद घिमिरेको कुखुरा खोरबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका वडा नं. १० मन्थली बस्ने ३६ बर्षीय सन्चलाल पाख्रिन, ललितपुर गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल बस्ने ४० बर्षीय मोहन थापा , ललितपुर महाँकाल गाउँपालिका वडा नं. २ मानिखेल बस्ने ४० बर्षीय गणेश बजगाईं, गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ बस्ने २८ बर्षीय राम कुमार घिमिरे, गोदावरी नगरपालिका वडा नं. ४ बडिखेल बस्ने ७२ बर्षीय विष्णु प्रसाद घिमिरे र गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ बस्ने ३१ बर्षीय सन्तोष दाहाल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुको साथबाट नगद ७१ हजार ३५५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।