मकवानपुर – भिमफेदी गाउँपालिका–२ भैंसे चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका–८ इपापन्चकन्या बस्ने ३१ वर्षीय भिम स्याङतान रहेका छन् ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले भिमफेदीबाट हेटौंडातर्फ जाँदै गरेको ना.४७ प १२२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।