प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दिपेन्द्रको शतक र रोहितको अर्धशतकमा मलेसियालाई नेपालले दियो विशाल लक्ष्य

२०७८ चैत्र १९, शनिबार ०८:२५ बजे

काठमाडौं – त्रिदेशीय टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई जितका लागि २२४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरीको शतक र रोहित पौडेलको अर्धशतकको मद्दतमा नेपालले २० ओभर ५ विकेट गुएर २ सय २३ रन बनायो । 

आक्रमक ब्याटिङ गरिरहेका दिपेन्द्रले ५५ बलमा १ सय २ रन बनाएर शतक पूरा गरे । उनी ५७ बलमा १ सय १० रन बनाएर अविजित रहेका छन् । उनले ५७ बल खेल्दै १० चौका र ६ छक्का प्रहार गरे ।

दिपेन्द्र नेपालबाट टी–२० अन्र्तराष्ट्रिय सतक बनाउने चौथो खेलाडी हुन् । यसअघि पारश खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले सतक बनाएका थिए ।

रोहित पौडेल ३४ बलमा ५१ रनको उत्कृष्ट अर्धसतकीय इनिङ खेले । त्यस्तै ओपनर कुशल भुर्तेल १२ रन, आसिफ शेख १८ रन, आदिल अलामले १४ रन र आरिफ शेख २ रन जोडेर आउट भए ।

मलेसियाको वलिङमा मुहमद वाकिफ, पभनदिप सिंह, स्याजु्रल इडु्रस र मुहमद अमिरले समान एक विकेट लिए ।