प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मल्ल र शेखको कीर्तिमानी साझेदारी

२०७९ फाल्गुन ६, शनिबार ०९:३२ बजे

काठमाडौं –  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र नामिबियाबीचको खेल भइरहेको छ । त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा नेपालले नामिवियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याईरहेको छ । 

नामिवियाले दिएको लक्ष्य पछ्याईरहेको नेपालले २९ ओभरमा दुई विकेटको क्षतिमा १ सय ६५ रन जोडेको छ ।

नेपालको लागि पुर्व कप्तान ज्ञानेन्द्र मल्ल तथा ओपनर आसिफ शेखले नेपालको एकदिवसीय अन्तराष्ट्रियको नै सबैभन्दा ठूलो साझेदारी गरेका छन् । उनीहरुका बीचमा दोस्रो विकेटका लागि १ सय ३९ रनको कीर्तिमानी साझेदारी भएको हो ।

ज्ञानेन्द्र मल्ल ७४ बलमा ५ चौका र ३ छक्कासहित ६५ रन बनाएर आउट भएका छन् । आसिफ शेख ९४ बलमा  ८० रन र कुशल मल्ल १३ बलमा ७ रनमा क्रिजमा छन् । 

यस अघि  नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए । जुन नेपालको ओडिआईमा उच्च थियो ।