हेटौंडा – चितवन राप्ती नगरपालिका–११ आपपानीस्थित सडकबाट लागूऔषध गाँजासहित मकवानपुरका दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने ३० वर्षीय सुदिप घलान र सोही ठाउँ बस्ने २० वर्षीय जित बहादुर थिङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आइतबार दिउँसो ७ किलो ५ सय ग्रामसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रदेश २–०३–०१ प १५७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।