प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाका एक युवा पक्राउ

२०८० श्रावण ३१, बुधबार ०३:४८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १० बस्ने ३० बर्षीय सुशिल अर्याल रहेका छन् ।

समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ पौने ७ बजे डाईजेपाम–१० एम्पुल, फेनार्गन–१० एम्पुल र नुफिन–१० एम्पुल सहित पक्राउ गरेको हो । पूर्वपश्चिम सडकखण्डमा वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको ना १ ज.६३९० नम्बरको यात्रुबाहक माईक्रो बसमा अर्याललाई उक्त लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

उक्त लागूऔषध सहित अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।