हेटौंडा – हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने र स्नान गर्ने चलन छ ।
आज बिहानै हिन्दु महिलाहरु कवानपुरको राप्ति, कर्रा, सामरी, मनहरी, बकैंया लगायतका खोलाहरुमा पुगेर स्नान तथा पूजा आराधना गरेका छन् । खोलामा स्नानपछि सप्तऋषिको पूजा आराधना गरेका छन् । त्यस्तै हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ति किनारमा रहेको गोरक्षश्वारको मन्दिर परिसारमा महिला भक्तजनको ठुलो भिड लागेको छ ।
सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए त्यसबाट मुक्ति पाइने हिन्दु धर्मावलम्बीको विश्वास छ । यही विश्वासका साथ महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
यस अवसरमा मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ। मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजाआराधना गर्ने गरेका छन्।

1695107615.jpg)
1695107628.jpg)
1695107631.jpg)
1695107638.jpg)
