काठमाडौं – गुल्मी सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।