काठमाडौं – नवलपरासी पूर्व, कावासोती नगरपालिका–१४ थारु डण्डास्थित सडकमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक देउचुली नगरपालिका–१५ बस्ने ५७ वर्षीय खडानन्द काफ्ले जैसी रहेका छन् ।
प्रहरीका अनुसार ले.३ त ४९५५ नम्बरको ट्याक्टर र लु.२९ प १५३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।