प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भलिवल खेल्ने क्रममा लडेर एक जनाको मृत्यु

२०८१ बैशाख २६, बुधबार १३:३८ बजे

हेटौंडा – भलिवल खेल्ने क्रममा लडेर काभ्रेमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं.५ देविस्थानमा मंगलबार १५ बर्षीय शृजन पुरीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार तपेश्वर उच्च माध्यमिक विद्यालयमा भलिवल खेल्ने ९सर्ट हान्ने० क्रममा पुरी अचानक लडेर वेहोस भएका थिए । उनको उद्धार गरी स्थानिय मण्डनदेउपुर नगर अस्पतालमा उचारका लागि लगिएको थिया । त्यहाँ उपचार संभव नभएपछि थप उपचारको लागि धुलिखले अस्पतालमा लगिएकोमा डाक्टर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।