प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चार मोटरसाईकल र एक स्कुटर बरामद, चोरीमा संलग्न मकवानपुरका युवकसहित ६ जना पक्राउ

२०७९ असार १५, बुधबार १३:२४ बजे

हेटौंडा – प्रहरीले चार  मोटरसाइकल, एक स्कुटर सहित चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । चितवन बिभिन्न स्थान र मितिमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको बिशेष टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भरतपुर–१६ का २२ वर्षीय संकल्प पनेरु, बाग्लुङ जैमिनी–८ का २४ वर्षीय जिवन पौडेल, चितवन माडी–९ का ३१ वर्षीय विजय दुरा, भरतपुर–२४ का २५ वर्षीय जनमराज पुरी र मकवानपुर मनहरी–३ का २१ वर्षीय सुशिल पुरी रहेका छन् ।उनिहरुको साथबाट ना ५६ प ७६४६, ग २२ प ६६९३, प्रदेश ३–०४ प ४७१८ र प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटर बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।बरामद भएको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्था नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै भरतपुर–५ बाट चोरी भएको प्रदेश २–०३–००१ प ४०५६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उक्त मोटरसाइकल चोरी गर्ने ब्यक्ति प्रहरीलाई देख्नासाथ मोटरसाइकल बाटोमै छाडेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजतलास गरिरहेको छ ।