हेटौंडा – बागमती प्रदेशको राजधनी हेटौंडामा विद्याथीहरुले सरकारविरुद्ध विरोध गरेका छन् । सरकारले भारतबाट आयात गरिएको तरकारीको परीक्षण नगरेको भन्दै नेकपा एमाले निकट अनेरास्वीयुले मकवानपुर बुहमुखी क्याम्पस अगाडी विरोध प्रर्दशन गरेको हो ।
उनीहरुले क्याम्पस प्राङ्गणमा भारतबाट नेपाल भित्रिएको तरकारी फालेर नाराबाजी समेत गरेका थिए । जनताको भान्छामा विषदी पु¥याउन खोज्ने कठपुती सरकार मुर्दावाद, नेपाली जनताको स्वास्थ्यमा राजनीति गर्न पाइदैन, कठपुतली सरकार खबरदार, तरकारीमा नेपाली जनतालाई विष खुवाएर मार्ने कामको अन्त्य गर जस्ता विरोधका नारा लगाएका थिए ।
भारतबाट बिना परीक्षण तरकारी नेपाल भित्र्याउने सरकारको निर्णय खारेज गर्नु पर्ने उनीहरुको माग छ । बाहिर देशबाट आयात गरिएको सम्पुर्ण तरकारीको पूर्ण रूपले विषादी परीक्षण गरेर मात्रै नेपालमा भित्र्याउनु पर्ने उनीहरुले बताएका छन् ।