प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

लोसपा अध्यक्ष ठाकुर विजयी

२०७९ मंसिर ९, शुक्रबार १३:५४ बजे

काठमाडौं – महोत्तरी क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । ठाकुर १६ हजार ३७५ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका हरि नारायण यादवले १४ हजार ३२५ मत पाए ।स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७३३ मत पाए । उनी नेकपा एमालेबाट बागी उम्मेदवार बनेका थिए ।