प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा

२०७९ माघ १०, मंगलबार ०२:१० बजे

काठमाडौँ – नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेको पहिलो पटक हो।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा उचाइ व्यवस्थापन नगरी जोखिमपूर्ण अवतरण गराएपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा निलम्बनमा परेका हुन् ।

त्यस्तै काठमाडौँबाट जापान उड्नेक्रममा मानक उडान प्रक्रिया पालना नगरेपछि यामप्रसाद (वाईपी) ज्वारचन र प्रसन्नशमशेर जबरा निलम्बनमा परेको प्राधिकरणले जनाएको छ।

जबर्जस्ती जहाज टेकअफ गर्ने क्याप्टेन ज्वारचन र प्रसन्नशमशेर जबरा वाइडबडी जहाज ए ३३०–२०० का क्याप्टेन हुन् भने एटीसीको निर्देशनको अवज्ञा गर्दै जहाज अवतरण गर्ने न्यारोबडी जहाज ए ३२०–२०० का क्याप्टेनहरू रहेका छन्।