प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर फेरि भुकम्प गयो

२०७९ कार्तिक २, बुधबार ११:०३ बजे

हेटौंडा – सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर फेरि भुकम्प गएको छ । बुधबार ३ बजेर ५३ मिनेटमा ४ दशमलब ५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि ३ बजेर ८ मिनेटमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर ५ दशमलब ९ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पको धक्का मकवानपुर सहित छिमेकी धादिङ, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर लगायत मध्य नेपालको अधिकांश जिल्लाहरुमा महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन ।