हेटौंडा – कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको हो ।
सावजनिक सुचना अनुसार दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्न सवारी आवागमनमा रोक लगाएको हो । कालोपत्रे कार्य अगाडी बढाउनका लागि उक्त सडकमा सवारी चापका कारणले कठिनाइ भएकाले उक्त सडक खण्डमा गुड्ने सवारी साधनलाई आज असोज ८ गतेदेखि १९ गतेसम्म रोक लगाइएको बताईएको छ ।
सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र मकवानपुरलाई समन्वयका लागि सुचनामार्फत आग्रह समेत गरेको छ ।
