हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ बाट लागुऔषध सहित बसका चालक र सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ना ७ ख ३११७ नम्बरको बसको सहचालक जितपुर सिमरा उपमहानगरपालिका–७ टांगा बस्ने २७ बर्षीय पर्वत दोर्जे योञ्जन र बस चाकल रहेका छन् ।
प्रहरीले बस चालकको नाम खुलाएको छैन । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीको टोलीले शनिबार अपह्रान्न हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको उक्त बसमा चेकजाँच गर्दा ३ किलो लागुऔषध फेला परेको हो । उक्त लागुऔषध सहित बस चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।