हेटौंडा – चितवनको भरतपुर महानगरपालिका ४ पेन्सन क्याम्प चोक नजिकै गएराती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना ११ प ४१८ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवनकै भरतपुर महानगरपालिका १० बस्ने भारतीय नागरिक २० वर्षीय पिंकु यादव र पछाडी सवार बाराको सेमरनगढ नगरपालिका १ खजानीका २२ बर्षीय अंगत जैसवाल घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारको लागी सरकारी अस्पताल भरतपुर पठाइएकोमा उपचारको क्रममा पिंकुको राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जैसवालको अवस्था भने मध्यम रहेको प्रहरीको भनाई छ ।