हेटौंडा – गएराती भारतीय नम्बरको ट्रेलरले जीपलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिका ६ चिरौदी पुलमा चितवनबाट काठमाण्डौतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो ।
ट्रेलरको ठक्करबाट जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका १ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।