हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धन(कांग्रेस–माओवादी) को अग्रता कायमै रहेको छ ।
प्राप्त जानकारी अनुसार मनहरीमा जारी मतगणना अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रन्जन कालखेतीले ६९६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका एकराज उप्रतीले ३२४ मत प्राप्त गरेका छन् । नेकपा (एकिकृत समाजवादी) का नारायण श्रेष्ठले १४१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रकी सिता पररामी मगरले ३२६ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा सुजिता थिङले २७२ र एकिकृत समाजवादीकी मनिला विष्टले २१८ मत प्राप्त गरेका छन् ।
यस्तै वडाअध्यक्षतर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका शिव प्रसाद खनालले ७७१ मत प्राप्त गरी अग्रता बनाएका छन् । एमालेबाट भिमसेन अधिकारीले २७६, एकिकृत समाजवादीबाट नवराज पौडेलले १९९ र राप्रपाका श्याम सुन्दर वाइबाले १२ मत प्राप्त गरेका छन् ।