हेटौंडा – ऐतिहासिक मकवानपुरगढी दरवारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुनर्निर्माणकोे जिम्ममा पाएको एन.पि.एस. कन्स्ट्रक्सन भक्तपुरले करिब ७० प्रतिशत काम सम्पन्न गरेको मकवानपुरगढी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष बखान सिंह पाख्रीनले जानकारी दिए । यहि गतिमा काम भए तोकिएको समयमै सम्पन्न हुने विश्वास छ । तस्वीरः बखान सिंह पाख्रीन


