प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

वीर अस्पतालको पर्खाल भत्किँदा चारजना घाइते

२०८० बैशाख १७, आईतबार १०:०२ बजे

काठमाडौं – काठमाडौंको वीर अस्पतालस्थित पुरानो भवनको पर्खाल भत्किँदा चारजना घाइते भएका छन्

आइतबार दिउँसो पुरानो भवनस्थित छतको बाहिरपट्टि रहेको पर्खाल भत्किएको काठमाडौं प्रहरीका प्रवक्ता सीताराम रिजालले जानकारी दिए। पर्खाल भत्किँदा चारजना घाइते भएको उनले सुनाए।

पर्खाल भत्किएर घाइते भएकाहरूको अवस्था सामान्य छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।