हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १,२,१८,१९ को मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार ९ हजार २९ मतगणना सकिँदा मेयरमा राप्रपाका दीपक बहादुर सिंहले अग्रता लिएका छन् ।
सिंहले गठबन्धनबाट नेकपा एकिकृत समाजवादीकी मिना कुमारी लामालाई ४१ मतान्तरले पछि पार्दै अग्रता लिएका हुन्। सिंहले २ हजार ७ सय १० र लामाले २ हजार ६६९ मत ल्याएका छन्। नेकपा एमालेका अनन्त पौडेल २ हजार २३४ मत सहित तेस्रो स्थानमा छन्।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत प्राप्त गरि अग्रता लिएका छन् । नेकपा एमालेकी सुमित्रा काफ्ले ३ हजार १६ मत प्राप्त गर्दा राप्रपाकी इन्दिरा न्यौपानेले ८ सय ३ मत ल्याएकी छिन्।