प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका रेग्मी पक्राउ

२०८१ भाद्र २३, आईतबार ०७:४५ बजे

हेटौंडा – पर्साको वीरगंज महानगरपालिका-८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् ।

करिब २ ग्राम ४ सय ८० मिलिग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ४० वर्षीय ईश्वर रेग्मीलाई शुक्रबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।