लमजुङ – लमजुङको जिल्ला कारागारमा एक जना कैदीको मृत्यु भएको छ । शनिबार राति २ बजेतिर सास फेर्न गाह्रो भएपछि उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
लमजुङ कारागारका प्रमुख ताराबहादुर तामाङका अनुसार दूधपोखरी गाउँपालिका १ देनस्वँरा ९साविक दूधपोखरी गाविस ३० का ३४ वर्षीय रोहनराज धितालको मृत्यु भएको हो । शनिबार साँझ खाना खाएर सुतेकोमा धितालले राति २ बजेतिर सास फेर्न गाह्रो भएको तामाङले बताए । तत्काल जिल्ला अस्पताल लमजुङ लगिएकोमा उपचार सुरु गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘अपराधिक उपद्रव’ कसुरमा २०७८ बैशाख १७ गतेदेखि कारागारमा थिए । २०७८ बैशाख १२ गते प्रहरीले पक्राउ गरेको थियो । उहाँविरुद्ध लमजुङ जिल्ला अदालतले २०७८ पुस २१ गते दुई वर्ष कैद भुक्तानको फैसला सुनाएको थियो ।