प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बसको ठक्करबाट अनियन्त्रित ट्याक्टरले लियो साइकलयात्रीको ज्यान

२०७९ माघ ७, शनिबार ०८:५७ बजे

हेटौंडा – कपिलवस्तुको शुद्दोधन नगरपालिका ६ मा आज शनिबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुद्दोधन नगरपालिका ३ गुलेरीका ३० वर्षीय बिन्द कुमार कहार रहेका छन् ।

भैरहवा–तौलिहवा सडकखण्डमा लु २ ख ४२ २६ नम्बरको बसले लु ४ त ५४१९ नम्बरको ट्याक्टर ठक्कर दिँदा अनियन्त्रित भएको ट्याक्टरले साइकललाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका साइकलमा सवार कहारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बसमा सवार ६ जना मध्ये घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।