प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

तीन मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

२०७९ मंसिर २५, आईतबार ०६:२५ बजे

हेटौंडा – तीन वटा मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना हुँदा सुनसरीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शनिबार साँझ प्रदेश १–०२–०४३ प १७१, को.३८प ९२१० र को. १७ प ६९४४ नम्वरको मोटरसाईकलहरु बरहाक्षेत्र नगरपालिका–३ स्थित सडकखण्डमा आपसमा ठोक्किँएर दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका(२ का ३५ बर्षीय हर्क बहादुर राई रहेका छन् । उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा घाईते भएका बराहक्षेत्र–१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा(२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको धरान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।