प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ढुङ्गाले च्यापिएर एक जनाको मृत्यु

२०७९ चैत्र ३, शुक्रबार ०४:०१ बजे

हेटौंडा – ढुङ्गामाटो सहितको डिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–३, खुरहरी बस्ने अन्दाजी ३५ वर्षीय टेक बहादुर परियारको मृत्यु भएको हो ।

ढुङ्गा निकाल्ने क्रममा बारी माथिको कान्लोबाट ढुङ्गामाटो सहितको डिस्को झरेर च्यापीएर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।