हेटौंडा – पर्सा वीरगंज महानगरपालिका–३१ मिलन चौकबाट लागूऔषध गाँजा सहित चार जना पक्राउ परेका छन् । करिब ५ केजी सहित मकवानपुर राक्सिराङ गाउँपालिका–१ रायसी बस्ने ३४ वर्षीय सिमन चेपाङ समेत ४ जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जितपुरबाट बिरुवागुठीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ९७५ नम्बरको अटो प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक समेत अटोमा सवार उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका अन्य तीन जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।