प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट चोरी भएको स्कुटर र मोटरसाइकल भेटियो

२०७९ पौष १७, आईतबार १३:५१ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० र ४ बाट चोरी भएको स्कुटर र मोटरसाइकल फेला परेको सम्बधित धनिलाई बुझाएको छ ।

चोरी भएको बा.प्र.०३–००४ प ९४६७ नम्बरको स्कुटर र बा.प्र.०२–०३७ प ५७३९ नम्बरको मोटरसाइकललाई सम्बन्धित धनिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

प्रकाश गौतमको नाममा रहेको स्कुटर यही पुष ११ गते हेटौंडा–१० बसपर्कबाट र स्कुटर राम बहादुर मोक्तानको नाममा रहेको मोटरसाइकल पुष १५ गते हेटौंडा–४ कपुर कम्प्लेक्सबाट हराएको थियो ।