प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश: सपथ लिएको तीन महिनापछि मन्त्री चित्रकारलाई मन्त्रालयको जिम्मेवारी

२०८० भाद्र ५, मंगलबार १४:०४ बजे

हेटौंडा – बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निणर्य गरेको छ ।

मंगलबार (आज) बसेको प्रदेशको मन्त्रिपरिषदको बैठकले मन्त्री चित्रकारलाई उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

चित्रकारले बिना विभागीय मन्त्रीको सपथ लिएको तीन महिनापछि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत जेठमा मन्त्रीपरिषद विस्तार गर्दा उनी मन्त्री बनेका थिए । उनीले जेष्ठ ७ गते आइतरबार विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका थिए ।