प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जंगली फलले लियो ढकालको ज्यान

२०८० बैशाख १७, आईतबार ०८:५१ बजे


हेटौंडा – वन तरुल जस्तो देखिने जंगली फल खादा चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ बस्ने ६३ वर्षीय जय नारायण ढकाल रहेका छन् ।

प्रहरीका अनुसार ढकालले सामुदायिक वनमा पानी ट्याङ्की सफा गर्न जाने क्रममा वन तरुल जस्तो देखिने जंगली फल खाएका थिए । उक्त फल खाएको केही समयपछि विरामी भएपछि उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।