काठमाडौं – सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५०० नेपाली रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ ईनरुवास्थित सीमा ईलाकाबाट उक्त रकम सहित दुई जनालाई पक्राउ गरको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । ज७प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूले बोकेको आलुको बोराभित्र जाँच गर्दा उक्त रुपैयाँ फेला पारिएको हो । त्यसबेला मोटरसाइकल समेत बरामद गरिएको छ ।