प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साफ च्याम्पियनसिप: नेपाल र कुवेत भिड्दै, यस्तो छ हेड-टु-हेड

२०८० असार ६, बुधबार ०४:२६ बजे

काठमाडौं – १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज बुधबारबाट भारतमा सुरु हुँदैछ । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल कुवेतसंग भिड्दैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा खेल खेल दिउँसो ३ः४५ बजेबाट सुरू हुनेछ ।

आमन्त्रित टिमको रूपमा कुवेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा खेल्दैछ । साविक उपविजेता समेत रहेको नेपालले बलियो टिम कुवेतमाथि जित निकाल्ने योजना सहित मैदानमा उत्रिनेछ ।

राष्ट्रिय टोलीका पहिलो रोजाईको खेलाडी विदेशीसंंगै नेपालीको खेल तुलनात्मक रुपमा कमजोर देखिएको छ । बलियो प्रतिद्वन्दी कुवेतविरुद्ध नेपालले जित निकाल्न चुनौतीपूर्ण देखिन्छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बिचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् ।

नेपाल भर्सेस कुवेत: हेड-टु-हेड
गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुवेतका बिचमा ९ खेल भएका छन् । नतिजा सुखद छैन । नेपालले कुवेतसँग ८ खेलमा पराजित भएको छ भने एक पटक बराबरी खेलेको छ । नेपालले २ गोल कुवेतविरुद्ध गर्दा ३४ गोल खाएको छ ।

सन् १८८२, एसियन गेम्सः नेपाल १–३ कुवेत
सन् १९८६, एसियन गेम्स, नेपाल०–५ कुवेत
सन् १९९४, एसियन गेम्स, नेपाल ०–८ कुवेत
सन् २०००, एसियन गेम्स, नेपाल ०–५ कुवेत
सन् २०१९, मैत्रीपूर्ण खेल, नेपाल ०–० कुवेत
सन् २०१९ मार्च, मैत्रीपूर्ण खेल, नेपाल ०–१ कुवेत
२०१९ कै सेप्टेम्बर, विश्वकप छनोट, नेपाल ०–७ कुवेत
२०१९ नोभेम्बर, विश्वकप छनोट, नेपाल ०–१ कुवेत
२०२२, एएफसी एसियन कप, नेपाल १–४ कुवेत