प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित

२०८१ श्रावण १२, शनिबार २०:१९ बजे

काठमाडौं – जारी पेरिस ओलम्पिकमा नेपालका टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् ।

श्रेष्ठ पहिलो चरणको खेलमा सेनेगलका इब्राहिम डिएवसँग ४-० ले पराजित भएका हुन् । सेनेगलका डिएवले १२-१०, ११-३, ११-४, ११-५ को सेटमा जित हासिल गरेका हुन् ।