काठमाडौं – फन पार्कमा फलामे पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतको काँक्रेविहार फन पार्क एन्ड रिपोर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा बुधवार बेलुका उक्त घटना भएको हो । घटना परि मृत्यु भएका सुनार केही दिनअघि सुर्खेत आफन्तकहाँ आएको जनाको छ ।
प्रहरीका अनुसार उनिसँगै पिङ खेलिरहेका अरू २ जना घाइते भएका भएका छन् । ‘तीन जना सँगै बसेर पिङ खेल्ने क्रममा डोरी चुँडिएपछि दुई जना घाइते भएका हुन् । घाइते हुनेमा वीरेन्द्रनगर–३ का २६ वर्षीया प्रतिमा गदाल र उनका २ वर्षीय छोरा रहेका छन् । दुवै जनाको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।