हेटौंडा – काठमाडौं, झापा, दाङ र कैलाली सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
काठमाडौंको हलचोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटा रहेका छन् । उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भुमा मृत्यु भएको हो । हिजो साँझ पौने ६ बजे बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए । बस चालक नियन्त्रणमा रहेको प्रहरी बृत स्वयम्भुले जनाएको छ ।
झापाको दमक नगरपालिका ९ मा गएराती मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाईकल समेत पल्टिदा पैदलयात्रीको मृत्यु भएको छ भने मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । गएराती साढे ९ बजे प्रदेश १–०१–०१६ प ८९९ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाईकल समेत पल्टीएको थियो । दुर्घटनामा गम्भिर घाइते भएका पैदलयात्री ईलामको माई नगरपालिका १० बस्ने ४७ वर्षीय गोपाल राईको थप उपचारको लागी न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गम्भिर घाइते मोटरसाईकल चालक झापाको कन्काइ नगरपालिका ४ का २५ वर्षीय नितेश बस्नेतको न्युरो अस्पाताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दाङको गढवा गाउँपालिका ३ धैरेनिमा हिजो बेलुकि मोटरसाईकल आफै अनियन्त्रित पल्टिदा चालक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा दाङका ३८ वर्षीय सुरजलाल चौधरी रहेका छन् । घाईते चौधरीलाई उपचारको लागि लमहि अस्पताल लमहि दाङ पठाईएको छ । हिजो बेलुकि सवा ७ बजे दाङको गढवा ३ धैरेनि स्थित गोवडिया बाट सिसहनिया तर्फ जाँदै गरेको रा १ प ९५१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको प्रहरी चौकि गोवडिया दाङले जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिका ५ गेटामा मोटरसाईकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा डडेलधुरा अमरगढीका करिब ३० वर्षीय बिशाल बुढामगर रहेका छन् । धनगढीबाट अतरिया तर्फ आउँदै गरेको से ५ प ८७६० नम्बरको मोटरसाईकल गए राति पौने ९ बजे गाईलाई ठक्कर दिएर पल्टिएको थियो । घाईतेलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको प्रहरी चौकि गेटाले जनाएको छ ।