प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा १५ बाट वाइबा र मगर पक्राउ

२०८० पौष २, सोमबार १९:३६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ फारलाईनबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने २७ बर्षीय बिबेक वाइबा र भिमफेदी गाउँपालिका–२ बस्ने २९ बर्षीय सुरज मगर रहेका छन् ।

लागुऔषध बेचबिखन गरी रहेको छ भन्ने बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वाईबा र मगरलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथमा रहेको लागुऔषध र ना.४५ प. ५२१६ नम्बरको मोटरसाइकल सहित निन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।