हेटौंडा – मकवानपुरमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनासंगै समानुपातिक प्रणालीतर्फको मतगणना भइरहेको छ ।
निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार, सोमबार राति ९ बजेसम्म मकवानपुर क्षेत्र नं.२ मा ४ हजार २१९ समानूपातिक मत गणना भएको छ ।
नेकपा एमालेले सबैभन्दा बढी १ हजार ४४८ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले १ हजार १३२ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले ७०८ मत प्राप्त गरेको जिल्लाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पाटी ३६१ मत प्राप्त गरेको छ भने राप्रपाले ११५ मत प्राप्त गरेको छ ।