मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रमुख शर्मालाई स्वास्थ्यमा समस्या देखिएपछि गत २३ मङ्सिरमा हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिलमा उपचारका लागि भर्ना गरिएको थियो ।
प्रदेश प्रमुखको कार्यालय, बागमतीले प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख शर्मा स्वास्थ्य लाभ गरी घर फर्किएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । कार्यालयका प्रवक्ता उपसचिव गोविन्दप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तीमा प्रमुख शर्माको उपचारमा तदारुकताका साथ खटिने चिकित्सक,नर्स र अन्य स्वास्थ्यकर्मीहरु तथा उपचारको क्रममा सहयोग पुर्याउने सुरक्षाकर्मी, सरसफाईकर्मी,अस्पतालका कर्मचारीहरु, कार्यालय तथा नीजि सचिवालयका कर्मचारीहरु लगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरुप्रति प्रमुख शर्माले आभार व्यक्त गरेका छन् ।