काठमाडौं – अर्घाखाँची भूमिका स्थान नगरपालिका २ मा आगोले जलेर ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार नजिकैको जंगलमा लागेको आगो बस्तीमा पसेपछि निभाउने क्रममा ५ जना सख्त घाइते भएका थिए । घाइते भएका मध्ये ४ जनाको उपचारको क्रममा बुधबार अस्पताल मृत्यु भएको हो ।
घाइते २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ । अस्मिताको पनि अवस्था खतरा अवस्थामा रहेको जनाइएको छ । जङ्गलमा आगो लगाएको हुन सक्ने आशङ्का गर्दै प्रहरीले आगो लगाउने व्यक्तिको खोजी गरिरहेको छ ।