प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुर्घटनामा घाइते भएकालाई अस्पताल लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना

२०८० असार २, शनिबार ०१:४७ बजे

हेटौंडा – बर्दियाको बारबर्दिया नगरपालिका १ बबई चेक पोष्ट नजिक शुक्रबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित सवार ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परेका २ जना घाइतेलाई डोटीबाट उपचारको लागि बाँके ल्याउने क्रममा सुदुर पश्चिम प्रदेश ०१–००१च ३३२१ नम्बरको एम्बुलेन्स आज बिहान साढे ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाईते सबैलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । घाइते मध्ये डोटीको सिलगढी नगरपालिका ७ का ३२ बर्षीय लाल बहादुर कोली र ३६ बर्षीय धन बहादुर नेपालीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।