काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले अहिले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले सुरुआती अग्रता लिएको छ।
अन्जन विष्टले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका छन् । उनले खेलको ८२ औं मिनेटमा गोल गरेका हुन् ।
यससंगै विष्टको अन्तराष्ट्रिय गोल सङ्ख्या ११ पुगेको छ । उनले पुर्वराष्ट्रिय फुटबलर हरि खड्काको अन्तराष्ट्रिय गोल स्कोरसंग बराबरी समेत गरेका छन् ।
विष्टले यसअघि बंगलादेशसंग भएको मैत्रीपुर्ण खेलमा तीन गोल गरेका थिए ।