हेटौंडा – स्थानीय–तह निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरमा ६ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने ६ जना दलित महिला सदस्य रहेका छन्
निर्वाचन आयोगका अनुसार नेकपा एमालेबाट चार, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट एकएक जना रहेका छन् । जसमा एमालेबाट इन्द्र सरोबर गाउँपालिका वडा नं.१ की लक्ष्मी दमाई, सोही गाउँपालिका वडा नं.४ की सावित्रा सुनार, थाहा नगरपालिका वडा नं.५ की उर्मिला कामी र मकवानपुरगढी गाउँपालिका वडा नं.७ की तिर्थ कुमारी ल्वागुन रहेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट साक्सिराङ् गाउँपालिका वडा नं.४ की सजिना मुक्तान नेपाली र माओवादी केन्द्रबाट बागमती गाउँपालिका वडा नं. ३ की विष्णु माया विश्वकर्मा रहेका छन् ।
