हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाको अग्रता कायम रहेको छ । मिना आफ्नो निकट्तम प्रतिद्वन्दी भन्दा ८३४ मतले अगाडि छिन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार ३७ हजार ९९४ मत गणना हुँदा नेकपा एकीकृत समाजवादीकी लामाले ११ हजार ८७९ मत प्राप्त गरेकी छन् ।
उनका निकट्तम प्रतिद्वन्दी राप्रका दिपक बहादुर सिंहले ११ हजार ४५ र नेकपा एमालेका अनन्त पौडेलले १ हजार ७४४ मत प्राप्त गरेका छन् ।
३७ हजार ९९४ मतगणना हुँदा
मेयर
अनन्त पौडेल(एमाले) १०७४४
मिना कुमारी लामा(एस) ११८७९
दिपक बहादुर सिंह(राप्रपा) ११०४५
उपमेयर
सुमित्रा काफ्ले(एमाले) ११८९५
राजेश बानियाँ(कांग्रेस) १६९६७
इन्दिरा न्यौपाने(हलो) २७७८