हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट ४२ किलो ५०० ग्राम लागूऔषध गाँजा सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३२ को दिनेश चेपाङ, सोही स्थान बस्ने वर्ष २२ को प्रशान्त प्रजा, बर्ष ४१ को रेशम प्रजा र बस्ने वर्ष ४१ को दिपलाल प्रजा रहेका छन् ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार बिहान पक्राउ गरेको हो । हेटौंडाबाट वीरगञ्जतर्फ जादैं गरेको बा. ३ ख ८३८२ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुलाई शंका लागेर रितपुर्वक खानतलासी उक्त परिमाणमा लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट १२ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।