प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट एक युवक पक्राउ

२०८० भाद्र १०, आईतबार ०२:३७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित एक जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजबिराज घर बताउने २४ बर्षीय मोहम्मद सोनु खान रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गाईघाटबाट पोखरातर्फ जादै गरेको ग १ ख ९८२३ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार यात्रु खानले बोकेको प्लास्टिकको कालो झोलाबाट लागुऔषध नाईट्राजेपाम १५२ पिस र ट्रामाडोल – ५ पिस बरामद गरेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उक्त लागुऔषध सहित खानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।