हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.५ को टोल विकास स्तरीय ८ 'ए' साईड फुटबल प्रतियोगिताको उपाधि सिमलटार टोल विकास समितिले जितेको छ ।
विजयादशमीको उपलक्ष्यमा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा जोगीडाँडा टोल विकास समितिलाई २–० गोल अन्तरले सिमलाटरले उपाधि जितेको हो ।
धादिङस्थित मैदानमा भएको प्रतियोगिता वडा नं.५ को प्रायोजनमा नवजागृती युवा क्बलले आयोजना गरेको हो । प्रतियोगिताको उपाधि विजेता सिमलटारले २० हजार मुल्य बराबरको खशी, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता जोगीडाँडाले १० हजार मुल्य बराबरको बोका, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।प्रतियोगिताको विजेता र उपविजेतालाई वडा अध्यक्ष दिपेश दाहाल, खेलप्रेमी तथा समाजसेवी मिन बहादुर घिमिरे, आयोजन नवजागृती युवा क्लबका अध्यक्ष राम कुमार खड्का लगायतले पुस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा वडा नं.५ को १० वटा टोल विकास संस्थाको सहभागिता रहेको थियो ।