दाङ – दाङको घोराही–१० जलौराचोकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१० सौर्यकुलाका अन्दाजी २४ वर्षका देवराज चौधरी रहेको प्रहरीले जनाएको छ।
चौधरीलाई गतराती घोराहीतर्फ जाँदै गरैको बा ०१– २५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको हो। ठक्कर दिने कार र चालक सौगात वलीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।